Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आफ्नै टाउकोमा गोली हानेका प्रहरी जवानको कोहलपुरमा उपचार, कस्तो छ अवस्था ?

आफ्नै टाउकोमा गोली हानेका प्रहरी जवानको कोहलपुरमा उपचार, कस्तो छ अवस्था ?

शनिवार , पौष १३, २०८१

कञ्चनपुर । कञ्चनपुरमा आफैंमाथि गोली चलाएका प्रहरी जवान चक्रप्रसाद न्यौपानेको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ ।

शुक्रबार साँझ करीब ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा उनले आफैंमाथि गोली प्रहार गरेका थिए । गोली उनको टाउकोमा लागेको छ ।

उपचारका लागि तत्कालै धनगढीको नवजीवन अस्पताल पुगाइएका न्यौपानेलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको हो । उनको स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार न्यौपाने बोल्न थालेका छन् । अछाम स्थायी घर भएका न्यौपानेले प्रबन्ध शाखामा कोही नभएका बेला आफैंमाथि गोली चलाएको बुझिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077