Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज

जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज

शनिवार , पौष १३, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक आज बस्दै छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ ।

पार्टीले विभागलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका निर्माण गरी सम्बन्धित भ्रातृसंगठनलाई क्रियाशील बनाउने र आवश्यक कार्य गरी विभिन्न तहको अधिवेशन सम्पन्न गरी तोकिएको समय सीमाभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्न परिपत्र गरेबमोजम गठित विभागको बैठक चलिरहेको बताइएको छ ।

जसपा नेपालले पुस ८ गतेदेखि पुस २४ गतेसम्म गठन भएका विभागको बैठक पालैपालो बस्ने गरी बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077