Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जेलमा रहेका दीपक मनाङेका सहयोगी पक्राउ

जेलमा रहेका दीपक मनाङेका सहयोगी पक्राउ

शनिवार , पौष १३, २०८१

काठमाडौं । जेलमा रहेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेका सहयोगी पक्राउ परेका छन् ।

डिल्लीबजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका मनाङेका सहयोगी टीका भण्डारीलाई शनिबार जिल्ला प्रहरी परिसर काठमाडौको विशेष टोलीले पक्राउ गरेको हो ।

मनाङे मन्त्री हुँदा भण्डारी स्वकीय सचिवका रुपमा कार्यरत थिए । स्रोतका अनुसार लाजिम्पाटमा नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने समूहसँग उनको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको हो ।

नुवाकोटका जग्गा व्यवसायी लामामाथि गत कार्तिक ११ गते लाजिम्पाटस्थित एक अस्पतालको पार्किङभित्रै अन्धाधुन्ध रड प्रहार भएको थियो ।

प्रहरीले यसअघि नै मार्शल भनिने शैलेन्द्र तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077