Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दक्षिण कोरिया विमान दुर्घटनामा दुईजना बाहेक सबैको मृत्यु भएको आशंका

दक्षिण कोरिया विमान दुर्घटनामा दुईजना बाहेक सबैको मृत्यु भएको आशंका

आइतवार , पौष १४, २०८१

एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको आशंका गरिएको छ ।

योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ ।

१८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो।

विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए । आपत्‍कालिन सेवाका अधिकारीहरूले उद्धार गरिएका बाहेक सबैको ज्यान गएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077