Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेस विधि र नीतिमा सधैँ अडिग छ : प्रवक्ता महत

कांग्रेस विधि र नीतिमा सधैँ अडिग छ : प्रवक्ता महत

आइतवार , पौष १४, २०८१

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस विधि र नीतिमा सधैँ अडिग रहेको बताएका छन्।

नुवाकोटमा नेपाल तरुण दलले गरेको ‘कांग्रेसको एक सय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा बोल्दैप्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवि कायम राख्न कांग्रेस सफल हुँदै आएको बताए ।

प्रवक्ता महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्काशन हुने गरेको भन्दै वाक–स्वतन्त्रता, लोकतान्त्रिक पद्दतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077