Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जबरजस्ती करणीको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

जबरजस्ती करणीको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

आइतवार , पौष १४, २०८१

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा काठमाडौंमा दुईजना पक्राउ परेका छन्।

१७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन । उनीहरूले ती किशोरीलाई घुम्न जाने भन्दै फकाएर आफ्नो कोठामा लगि मंगलबार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा परेको थियो ।

सोही उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077