Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

शीर्ष दलहरुसँग छलफल गरेरै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

शीर्ष दलहरुसँग छलफल गरेरै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

आइतवार , पौष १४, २०८१

सोलुखुम्बु । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन् ।

सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरता र आर्थिक विकासका लागि अहिलेको सरकारले काम गरिरहेको भन्दै जनतालाई थप अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको दाबी गरे।

उपप्रधानमन्त्री सिंहले भने,'संविधानलाई अझ प्रभावकारी बनाउन, तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन करिब एक दशकको तिता मिठा अनुभवबाट सिकेर कहाँकहाँ समस्या भयो त्यसलाई हल गर्न संविधान संशोसधन गर्ने सहमति कांग्रेस एमाले सरकार बन्दा नै भएको हो। त्यहीअनुसार अहिले छलफल अघि बढेको छ ।'

संविधान जारी गर्दाजस्तै सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने सिंहको भनाइ छ।

उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुनेमा जोड दिँदै प्रकृतिमैत्री हुने गरि प्रविधिका प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077