Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्वमेयर पिएल सिंहको सालिक बनाउने मेयर बालेनको घोषणा

पूर्वमेयर पिएल सिंहको सालिक बनाउने मेयर बालेनको घोषणा

आइतवार , पौष १४, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले पूर्वमेयर पिएल सिंहको सालिक निर्माण गर्ने घोषणा गरेका छन्।

मेयर बालेनले पूर्वमेयर सिंहको पूर्णकदको सालिक राष्ट्रिय सभा गृह परिसरमा निर्माण हुने घोषणा गरेका हुन्।

काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहको २०८१ पुस १ गते निधन भएको थियो।

पिएल सिंहको ८८ वर्ष उमेरमा पुस १ गते चाक्सीबारीमा निधन भएको थियो।

सिंह प्रजातन्त्र पुनर्स्थापनालगत्तै २०४९ सालमा भएको स्थानीय निकाय चुनावबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077