Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति पौडेलद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त

सोमवार , पौष १५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले उहाँको परिवार र अमेरिकी जनताप्रति समवेदना समेत प्रकट गरे ।

अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो सहर प्लेन्समा रहेको आफ्नै घर होस्पिस केयरमा निधन भएको हो ।

उनकी श्रीमती रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077