Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

वर्षमान पुनको आरोप - आरजुलाई जोगाउन देउवाले ओलीलाई प्रधानमन्त्री बनाए

वर्षमान पुनको आरोप - आरजुलाई जोगाउन देउवाले ओलीलाई प्रधानमन्त्री बनाए

सोमवार , पौष १५, २०८१

प्यूठान । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नक्कली भुटानी शरणार्थी काण्डमा आरजु राणालाई जोगाउन शेरबहादुर देउवाले बालकोट पुगेर केपी शर्मा ओलीलाई किस्तीमा प्रधानमन्त्री दिएको आरोप लगाएका छन् ।

माओवादी केन्द्र प्यूठान जिल्ला, नौबाहिनी गाउँपालिकाको तेस्रो अधिवेशनमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका उनले यस्तो आरोप लगाएका हुन् ।

उनले बिचौलियाहरूको डिजाइनमा वर्तमान सरकार बनाएको आरोप लगाए ।

‘देउवा बालकोट पुगेर नक्कली भुटानी शरणार्थी काण्डमा ‘जसरी हुन्छ बचाउनुस्, प्रधानमन्त्री खानुस् भनेर ओलीलाई अफर गरे, बेचन झाहरू पक्राउ परेपछि जसरी हुन्छ हामीलाई बचाउनु प्रधानमन्त्री लिनु भन्ने अफर भयो। बालकोटमा पनि एउटा तरंग भइरहेको थियो। त्यसपछि रातारात गठबन्धन बन्यो। सुशासनको अभियान कमजोर बनाउन, बिचौलियाहरूको डिजाइनमा सरकार बनाए,' उनले भने ।

यस्तै उनले वर्तमान कांग्रेस–एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा जाने बताए । सरकार छोड्दा आफूहरूलाई कुनै चिन्ता नभएको र ८४ सालसम्म माओवादी सरकारमा पनि नजाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077