Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

खुर्सानीको बोराभित्र लुकाएर ल्याउँदै गरेको लागूऔषधसहित एक जना पक्राउ

खुर्सानीको बोराभित्र लुकाएर ल्याउँदै गरेको लागूऔषधसहित एक जना पक्राउ

मंगलवार , पौष १६, २०८१

पर्सा । सशस्त्र प्रहरीले पर्साको भन्सार इलाकाबाट लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षीय मिश्री रामलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो।

भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई छिपाई राखेको डाईजेपाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराई ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077