Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पर्यटन विकासका लागि छिट्टै पर्यटनमैत्री नीति ल्याउँछौं : पर्यटनमन्त्री पाण्डे

पर्यटन विकासका लागि छिट्टै पर्यटनमैत्री नीति ल्याउँछौं : पर्यटनमन्त्री पाण्डे

मंगलवार , पौष १६, २०८१

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन विकासका लागि पर्यटनमैत्री नीति ल्याउने बताएका छन्।

नेपाल पर्यटन बोर्डको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

पर्यटनमन्त्री पाण्डेले सरकारले सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने भन्दै त्यसको तयारी भइरहेको बताए।

यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि कार्यविधि अभावका कारण पूरा हुन नसकेको उनले बताए।

पर्यटनमन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताए।

पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए।

उनले धेरै कामको सुरुवात गर्ने तर, सम्पन्न नगर्ने प्रवृति पर्यटन क्षेत्रमा पनि देखिएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077