Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भरतपुरमा सन्तुलित विकास भएको प्रचण्डको दाबी

भरतपुरमा सन्तुलित विकास भएको प्रचण्डको दाबी

मंगलवार , पौष १६, २०८१

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको बताएका छन् ।

भरतपुरस्थित मेघौलीमा मंगलबार आयोजना भएको भरतपुर भ्रमण वर्ष-२०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव-२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुर महानगरपालिकाले सबै क्षेत्रमा विकास गरेको बताए।

अध्यक्ष दाहालले भने, “नेत्तृत्वले इमान्दारीताका साथ गर्न चाह्यो भने जनताको सेवाप्रति, जनताको विकासको आवश्यकता र आकाङ्क्षाप्रति इमान्दर भएर गर्न चाह्यो भने धेरै काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भरतपुरमा प्रस्तुत भएको छ।” उनले भरतपुरको सिको देशभरिका सबै तहले तहले गर्नुपर्ने बताए।

उनले प्रकृतिले दिएको जल, जमिन, जडीबुटी, हिमाल, पहाड र तराई सबै पर्यटकीयस्थल भएको बताए। त्यसको निम्ति भौतिक पूर्वाधार जनचेतना र रचनात्मक कार्यक्रमको विकास भने नेत्तृवले गर्नुपर्नेमा जोड दिए। “यो सबै चितवन तथा भरतपुरमा रहेको छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077