Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

शेरा दरबार प्रकरणबारे प्रचण्डले भने - दोषीलाई कानुनी दायरामा ल्याइयोस्

शेरा दरबार प्रकरणबारे प्रचण्डले भने - दोषीलाई कानुनी दायरामा ल्याइयोस्

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शेरा दरबार प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन्।

राज्य व्यवस्था समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गाका सम्बन्धमा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गरे।

उनले शेरा दरबार प्रकरणमा दोषी जो सुकैलाई कारबाही गरिनुपर्ने बताए।

अध्यक्ष प्रचण्डले भने, 'जो कोही पनि कानुन मिचेर भ्रष्टाचारमा संलग्न देखिन्छ भने जो कोही कानूनको दायरामा ल्याउनुपर्छ भनेर म प्रधानमन्त्री भएको बेला भनेको थिएँ । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस् ।'

आफ्नै पार्टीका सांसद भए पनि कारबाही गर्नुपर्छ भनेर आफूले भनेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

उनले शेरा दरबार प्रकरणको अनुसन्धानमा आफूले सघाउने र सरकारलाई धन्यवाद दिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077