Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

देउवा, ओली र प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको कुन फाइल खोल्ने हो खोलौँ : गगन थापा

देउवा, ओली र प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको कुन फाइल खोल्ने हो खोलौँ : गगन थापा

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शेरादरबार, ललितानिवास, गिरिबन्धु प्रकरणको फाइल खोल्न माग गरेका छन् ।

बिहीबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले उक्त माग राखेका हुन् ।

उनले भ्रष्टाचार छानबिनको विषयमा हरेको फरक फरक धारण आउने गरेकोले आयोग नै गठन गरेर सबै प्रकरणको छानबिन गर्न आवश्यक देखिएको बताए ।

महामन्त्री थापाले भने, 'भष्ट्राचारका कुन कुन फाइल खोल्ने ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? फाइल खोल्छु, खोल्छु भनेको सुन्दा आजित भइसयो। शेरादबार, ललितानिवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ । निर्दोष कोही पर्न हुन्न, दोषी उम्कन नपाओस् । शक्तिशाली आयोग बनाएरै छानबिन थालौँ ।'

महामन्त्री थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका कुन कुन फाइल खोल्ने भनेर छलफल गर्न आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उपस्थित गराउने र राज्य व्यवस्था समितिमा भ्रष्टाचारको फाइल खोल्नेबारे छलफल गर्नुपर्ने महामन्त्री थापाको भनाई छ ।

सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिर रहेपछि भ्रष्टाचारको फाइल खोल्ने भन्नेमा शीर्ष नेताहरू समेत देखिएकाले छलफल शीर्ष तहमै हुनुपर्ने आफूलाई लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077