Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

बिहिवार , पौष १८, २०८१

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक पारित भएको छ।

सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित गर्ने निर्णय गरेको हो।

राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए।

खतिवडाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतीबाट पारित गरिएको हो । समितिका सभापति रामहरि खतिवडाले सर्वसम्मतिले संशोधन विधेयक पारित भएको बताए।

संशोधन विधेयकमाथि छलफल गर्न नेपाली कांग्रेसका सांसद हृदयराम थानी नेतृत्वमा उपसमिति पनि बनेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077