Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

शेरा दरबारको जग्गा कानुनविपरीत व्यक्तिका नाममा गएको भए फिर्ता हुन्छ : गृहमन्त्री लेखक

शेरा दरबारको जग्गा कानुनविपरीत व्यक्तिका नाममा गएको भए फिर्ता हुन्छ : गृहमन्त्री लेखक

बिहिवार , पौष १८, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारको जग्गा कानुनविपरीत कुनै व्यक्ति वा कम्पनीका नाममा गएको भए सरकारले फिर्ता ल्याउने बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। सरकारले कुनै पनि गैरकानुनी कामकारबाही गर्न नदिने गृहमन्त्री लेखकले दाबी गरे ।

गृहमन्त्री लेखकले भने, 'शेरा दरबारको जग्गाका विषयमा अनुसन्धान हुन्छ र कानुनबमोजिम कारबाही अगाडि बढ्छ । शेरा दरबारको त्यो जग्गा गलत ढंगले कसै व्यक्ति वा कम्पनीका नाममा गएको छ भने त्यो फिर्ता हुन्छ ।'

गृहमन्त्री लेखकले उक्त जग्गाको सम्बन्धमा गम्भीर छानबिन र अनुसन्धान हुने पनि बताए।

त्यसअघि बिहीबारकै बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरादरबारको जग्गा विवादबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077