Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेबाट निष्कासित रावलले प्रचण्डको ‘कपी पेस्ट’ गरेको प्रदीप ज्ञवालीको आरोप

एमालेबाट निष्कासित रावलले प्रचण्डको ‘कपी पेस्ट’ गरेको प्रदीप ज्ञवालीको आरोप

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘कपी पेस्ट’ गरेको आरोप लगाएका छन् ।

रावलले हिजो गरेको गालीगलौजले उनीभित्र कति नकारात्मक कुराले भरिएको भन्ने प्रष्ट भएको बताएका ज्ञवालीले गालीगलौजले देश नबन्ने दावी गरे ।

च्यासलमा बसेको सचिवालय बैठकपछि ज्ञवालीले ओलीमाथि रावलका आरोप प्रचण्डले नेकपाकालमा लगाएको १९ बुँदे अभियोगको ‘कपी पेस्ट’मात्र भएको टिप्पणी गरेका हुन् ।

उनले भने–‘२०७७ कात्तिकमा प्रचण्डले १९ पेजको आरोप लगाएका थिए । एक किसिमले कपी पेष्ट हो । उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भयो । एक जमानामा प्रचण्ड र बाबुराम डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो । रवि लामिछानेजीहरू त्यसैगरी उदाउनुभयो । गालीगलौजले देश बन्दैन ।’

आफूहरु गालीगलौजको प्रतिस्पर्धामा नरहेको बताउँदै उनले भने–‘हामी देश बनाउने अभियानमा छौं । एमालेले त्यस्तो कुरालाई महत्व दिएर बस्दैन महत्वपूर्ण पनि ठान्दैन ।’

‘३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अर्को पौने प्यारा अभियान चलाउँछु भन्ने कुनै छलफल गरिरहनुपर्ने विषय लागेन । अपेक्षित नै हो यो । पार्टी त्यही कारण उहाँको सदस्यता कायम नरहने निष्कर्षमा पुगेको हो ।’ उनले थप भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077