Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेस–एमालेले संविधान संशोधनलाई सत्ता प्राप्तिको बहाना बनाएको माओवादीको आरोप

कांग्रेस–एमालेले संविधान संशोधनलाई सत्ता प्राप्तिको बहाना बनाएको माओवादीको आरोप

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई सत्ता प्राप्तिको बहाना बनाएको आरोप लगाएको छ ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधान संशोधनलाई दुई ठूला दलले सत्ता प्राप्तिको बहना बनाएको आरोप लगाएका हुन् ।

उनले भने–‘संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस र एमालेलाई सत्ता चाहिएको छ । तर पनि हाम्रो चाहना संविधान संशोधन होइन त्यसलाई कार्यान्वयन गर्नु रहेको छ । यदि साँच्चिकै अब संविधान संशोधन हुनुपर्छ भन्ने उहाँहरुको चाहना हो भने अब नयाँ शिराबाट सोच्नुपर्छ । यथास्थितिमा संविधान संशोधन हुन सक्दैन ।’

उनले संविधान संशोधन अग्रगमन, परिवर्तन र जनताका अधिकारका लागि अझ विकास र विस्तार गर्नका लागि आवश्यक भएको बताए । तर अहिलेको आवश्यकता संविधान संशोधन हो कि संविधानको मर्म अनुसार कार्यान्वयनको आवश्यकता त्यसमा दलहरू स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077