Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रावलले पार्टी खोल्दैमा ठुलो प्रभाव पर्दैन, असन्तुष्ट र आफन्त मात्रै पछाडि जान्छन् : कृष्णप्रसाद जैशी

रावलले पार्टी खोल्दैमा ठुलो प्रभाव पर्दैन, असन्तुष्ट र आफन्त मात्रै पछाडि जान्छन् : कृष्णप्रसाद जैशी

बिहिवार , पौष १८, २०८१

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले भीम रावलले नयाँ पार्टी खोल्दैमा ठुलो प्रभाव नपर्ने दाबी गरेका छन् ।

उनले एमालेबाट निष्कासित नेता डा. रावलले नयाँ पार्टी खोले पनि सुदूरपश्चिममा ठुलो प्रभाव नपर्ने दाबी गरेका हुन् । उनले रावलको पार्टीमा नाता गोता र नजिकका मान्छे, पद नपाएका, असन्तुष्ट भएका र आफन्तहरु मात्रै जाने जिकिर गरे ।

उनले भने “मान्छेले पत्याएका छैनन्, कत्तिको जालान् पार्टीमा त घाटा होला, अघिल्लो चुनावमै उहाँले घाटा त गरिसक्नुभयो, त्यो चुनावमा उहाँले खटिएको भए हामीलाई केही सफलता मिल्थ्यो होला, तर अब चाहीँ के लाग्छ भने हिजो बाबुराम भट्टराइले पनि त्यस्तै कुरा गर्थे, उहाँका पछि लागेन मान्छे, अब यहाँ पनि कोही मान्छे लाग्लान, एउटा चुनाव घाटा होला तर त्यस्तो ठुलो घाटा हुने र रावल जि तिर गएकाहरुलाई दिगो रुपमा फाइदा होला भन्ने मलाई लाग्दैन ।”

साथै उनले आफूपछि हटेर पनि नेता रावललाई पार्टीमा विभिन्न पददेखि सांसद, मन्त्री र उपप्रधानमन्त्रीसम्म पनि म हार्दा समेत उनले जितुन भनेर स्थापित नेता बनाएको बताए । प्रदेश अध्यक्ष जैशीले डा. रावललाई जनताले पपत्याएको पनि दाबी गरे । 'देश भक्तिमा उत्पात मच्चाउँछु भन्दैमा रावललाई कोही पत्याउदैनन्,' उनले भने ।

साथै उनले कारबाहीपछि रावलले पुनराबेदन गर्नुपर्ने धारणा राखे । उनले भने, 'पार्टीभित्र रहेर फेरि काम गर्ने अवसर पाइने ठाउँ रहेपनि पार्टी, शिद्धान्तनै छोडेर अर्कै तिर लागेपछि अरुका लागि कागलाई बेल पाक्यो न हर्ष, न बिस्मात हुन्छ ।'

एक हप्ता अगाडि पार्टीबाटै निष्कासित भएका नेता रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै देशव्यापी अभियान चलाउने घोषणासमेत गरिसकेका छन् । उनले त्यसपछि नयाँ पार्टी घोषणा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077