Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रहरी सम्बन्धी विधेयक आउने अधिवेशनबाट पारित हुने उपप्रधानमन्त्री सिंहको दाबी

प्रहरी सम्बन्धी विधेयक आउने अधिवेशनबाट पारित हुने उपप्रधानमन्त्री सिंहको दाबी

शुक्रवार , पौष १९, २०८१

सिराहा । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रहरी समायोजन सम्बन्धि विधेयक आउने अधिवेशनबाट पारित हुने बताएका छन् ।

लहान नगरपालिकाको १५ औं नगरसभालाई शुक्रबार लहानमा सम्बोध नगर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले विधेयक पारित भएपछि संघीयता अझ बलियो रुपमा कार्यन्वयनको बाटोमा अघि बढ्ने बताए । यस्तै उनले निजामती कर्मचारी समायोजन सम्बन्धि विधेयक आउने अधिवेशनबाट पारित हुने जानकारी दिए ।

संविधानले नै सहमति, सहकार्य र सहअस्तित्व परिकल्पना गरिसकेको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय सरकारबीच सोही बमोजिमको समन्वय हुनु पर्नेमा उनको जोड थियो ।

स्थानीय सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर कार्य गर्न उनको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077