Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने माओवादीको निर्णय

संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने माओवादीको निर्णय

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संघीय संसद्को बैठक बोलाउन आग्रह गरेको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने निर्णय गरेको हो ।

संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको भन्दै संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने निर्णय गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

संसद्को बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेको बारेमा बैठकमा छलफल भएको र जसका कारण लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077