Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

शनिवार , पौष २०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

बिहिबारबाट सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

आज सकिने बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ।

प्रचण्डले स्थायी कमिटीको बैठकमा आएको सुझावलाई समेटेर भोलिको बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्दैछन्।

त्यसबाहेक बैठकले प्रचण्डको प्रतिवेदनमा पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077