Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रधानमन्त्रीले घुस खान दिन्न भनेपनि जनताले दिन परिरहेकै छ : सञ्चारमन्त्री गुरुङ

प्रधानमन्त्रीले घुस खान दिन्न भनेपनि जनताले दिन परिरहेकै छ : सञ्चारमन्त्री गुरुङ

शनिवार , पौष २०, २०८१

काठमाडौं । सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता सरकारी कामकाज गराउनुपर्दा घुस दिन बाध्य भइरहेको बताएका छन्।

दिगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले म पनि घुस खान्न, अरुलाई पनि खान दिन्न भनेपनि जनताले सरकारी कामकाज गराउनुपर्दा घुस दिन बाध्य भइरहेको उनको भनाई छ ।

सञ्चारमन्त्री गुरुङले भने,‘अहिले प्रधानमन्त्रीले म पनि घुस खान्न अरुलाई पनि खान दिन्न दिदिनै भनिराख्नुभएको छ। तर, तलका अहेवहरुले घुस खाइरहेकै छन्। जनताले घुस दिन परिरहेकै छ। जनतालाई थाहा छ नि। ठूला मान्छेलाई कसरी थाहा हुन्छ, मैले घुुस खाए भनेर भन्न कसैले आउँदैन। जनताले मैले उसलाई घुस दिए भन्नलाई प्रधानमन्त्रीकहाँ पहुँच नै पुगेको छैन। हाम्रो सिस्टम त्यस्तो छ। सामान्य मान्छेले भेट्नै पाउँदैन। जिल्लातिर गएको बेलामा बेग्लै कुरा हो। त्यही पनि हामीजस्तो कार्यकर्ताले धेरेर आम जनतालाई भेट्दै दिँदैनन्।’

प्रवक्ता गुरुङले प्रधानमन्त्रीले घुस खान्न दिन्न भनेपनि तलका अहेवहरुले घुस खाइरहेको दाबी गरे। उनले सहकारीको समस्या समाधान गर्नको लागि सरकारले अध्यादेश ल्याएको पनि जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077