Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेस र एमालेबीचको गठबन्धन अप्राकृतिक हो : प्रचण्ड

कांग्रेस र एमालेबीचको गठबन्धन अप्राकृतिक हो : प्रचण्ड

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान गठबन्धन अप्राकृतिक रहेको बताएका छन्।

सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलपछि बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

उनले कांग्रेस र एमालेबीचको गठबन्धन अप्राकृतिक रहेको भन्दै अब नचल्ने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले संसदमै र बाहिर पनि भनेको तपाईंहरूले सुन्नुभएकै छ। अप्राकृतिक ढंगले अब यो चल्दैन।’

उनले समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे बिहीबार र शुक्रबार छलफल गरिएको बताए। समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने पनि अध्यक्ष दाहालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077