Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

उपप्रधानमन्त्री सिंह भन्छन् - अहिले नेपालमा कोही युवाहरू बस्नै चाहँदैनन् भन्ने भाष्य छ

उपप्रधानमन्त्री सिंह भन्छन् - अहिले नेपालमा कोही युवाहरू बस्नै चाहँदैनन् भन्ने भाष्य छ

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा युवाहरू नेपालमा बस्न नचाहेको भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।

शुक्रवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको चौथो साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

युवा पलायन रोक्न जिम्मेवारी नलिने तर भ्रम सिर्जना गर्नेहरूबाट सचेत हुनुपर्ने उनले बताए । अधिकारको कुरा ठूलो स्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदा पछि हट्ने प्रवृत्तिको कारण समाज अगाडि बढ्न नसकेको उनको भनाई थियो ।

यस्तै उनले मुलुकको विकासका लागि अधिकारसँगै सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077