Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माणकर्ता : राष्ट्रपति पौडेल

पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माणकर्ता : राष्ट्रपति पौडेल

शनिवार , पौष २७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताएका छन् ।

३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएका राज्यलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताएका हुन् ।

शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वर्गीय शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानलाई बिर्सन नहुने बताएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘आधुनिक नेपालसम्म आइपुग्दा इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले पुर्‍याएको योगदानको निरन्तरताका कारण आज हामी सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ ।’

उनले स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको आधार पनि पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको निरन्तरता रहेको पनि उल्लेख गरेका छन् ।

यस्तै, एकता दिवस, पृथ्वी जयन्तीका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको विविधतामा एकतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पुर्‍याएको बताएका छन् ।

नेपालको विविधतायुक्त संस्कृति, भेषभूषा, भाषा र धर्महरूको बीचमा एकताको उत्सव मनाउन एकता दिवस महत्वपूर्ण अवसर हुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077