Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रवि थुनामुक्त भएपछि मुकुलले दिए बधाई, भने - देवत्वकरण घातक हुनसक्छ

रवि थुनामुक्त भएपछि मुकुलले दिए बधाई, भने - देवत्वकरण घातक हुनसक्छ

शनिवार , पौष २७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने धरौटीमा छुटेपछि बधाई दिएका छन् ।

सहकारी ठगी प्रकरणमा रविलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेपछि ढकालले बधाई दिएका हुन् ।

आज सामाजिक संञ्जालमा एक स्टाटस लेखेर मुकुलले रवि खुसी देखिएकामा बधाई दिए।

मुकुलले लेखेका छन्,‘कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेपछि, रवि दाइ खुसी हुनु भएको देखेँ । खुसी हुनु भएकोमा रवि दाइलाई बधाई छ । यस्तै फैसला १८ पटक हुनु पर्ने । बल्ल १ पटक सकियो र अहिले नै देवत्वकरण नै गर्ने गरी वकिल र न्यायाधीशभन्दा बेसी अदालतको तारिफमा जसरी साथीहरू ओर्लिए, यो आगामी दिनमा रवि दाइका लागी झन् घातक हुनसक्छ । हुन त ‘पैसा आएको थाहा थियो, ग्यालेक्सी टिभी लिलाम गरौँ’ जस्ता तर्क रवि दाइ पक्षका वकिलले नै गर्दा कतै रवि दाइ पक्षका केही वकिलहरू नै विपक्षीसँग बिके की भनेर शङ्का गर्ने प्रशस्त ठाउँ छ । अदालतको फैसलाले पार्टी स्टेट या पेन्डुलममा बस्ने जस्तो देखिन्छ ।’

मुकुलले यस्तै फैसला अझैँ १८ पटक हुनुपर्ने विषय पनि उठाए। तर, रविका वकिलहरू विपक्षीसँग मिलेको हुनसक्ने पनि मुकुलको शङ्का गरेका छन् ।

१७ पटक अरू फैसला आउन बाँकी रहेकाले कुनै एउटा फैसला रविका लागि अप्रिय आउन सक्ने पनि मुकुलले आकलन गरेका छन् ।

उनले अझै पनि रविका लागि अप्रिय आउन सक्ने सम्भावना बाँकी नै रहेको भन्दै यो समय खुसी हुने भन्दा पनि लामो समय लम्बिने अदालती प्रक्रिया र पार्टी जीवनलाई कसरी सन्तुलित बनाएर लाने त्यसबारे रणनीति बनाउने भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077