Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

लोकतान्त्रिक बन्न प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव

लोकतान्त्रिक बन्न प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव

शनिवार , पौष २७, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारका कारण नेकपाकालमा संविधान संशोधन हुननसकेको बताएका छन् ।

एकीकृत समाजवादीले ललितपुरमा गरेको कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । हिटलरलेजस्तो फासिस्ट बनेर नेपालमा पार लगाउन नसक्ने बताउँदै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक विधिबाट चल्न सुझाव दिए।

अध्यक्ष नेपालले भने,'फासिस्ट बनेर पार लगाउन सक्नुहुन्न। लोकतान्त्रिक बन्नुस्। लोकतान्त्रिक विधि अवलम्बन गर्नुस्। अरूको मान सम्मान गर्न जान्नुस् र सहकार्य गर्नुस्।'

आफ्नै ढंगले जान्छु भन्नेहरूलाई काँध थाप्न नसकिने पनि उनले बताए। ओलीको अहंकारकै कारण नेकपाकालमा संविधान संशोधन हुन नसकेको अध्यक्ष नेपालले बताए।

त्यतिबेला प्रधानमन्त्री भइसकेका व्यक्तिहरू, थुप्रै संख्यामा उपप्रधानमन्त्री र मन्त्री भइसकेका व्यक्तिहरू पार्टीभित्रै रहेकाले छलफल र विश्लेषण गरेर संविधान संसोधन गर्न सकिने अवस्था रहेको नेपालले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077