Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

पृथ्वी जयन्तीमा राप्रपाको चियापान, प्रधानमन्त्री ओली लगायतका शीर्ष नेता उपस्थित

पृथ्वी जयन्तीमा राप्रपाको चियापान, प्रधानमन्त्री ओली लगायतका शीर्ष नेता उपस्थित

शनिवार , पौष २७, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीदेखि विभिन्न दलका शीर्ष नेताहरू उपस्थित छन् ।

पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले गरेको चियापानमा शीर्ष नेताहरू उपस्थित भएका हुन् ।

चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखक उपस्थित भएका छन् ।

त्यस्तै, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसदहरु रामहरि खतिवडा र अमरेश सिंहको सहभागीता रहेको छ।

यस्तै, समारोहमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, कलाकार दिपकराज गिरी पनि सहभागी छन् ।

समारोहअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरु पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले यो कार्यक्रम राखेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077