Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

अन्धाधुन्ध विकल्प खोज्दा नेपाली राजनीति अस्थिरताको दुश्चक्रमा फस्यो : शंकर पोखरेल

अन्धाधुन्ध विकल्प खोज्दा नेपाली राजनीति अस्थिरताको दुश्चक्रमा फस्यो : शंकर पोखरेल

शनिवार , पौष २७, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्धाधुन्ध विकल्प खोज्दा नेपाली राजनीति अस्थिरताको दुश्चक्रमा फसेको बताएका छन् ।

उनले शनिबार राति आफ्नो फेसबुक स्टाटसमार्फत यस्तो बताएका हुन् । उनले नेपालमा राजनीतिक दलहरूको संलग्नता नौ दशक पुरानो रहेको उल्लेख गरे । यस अवधिमा दलहरूले सामना गरेका चुनौती र उपलब्धिहरूलाई उनले स्मरण गरेका छन् ।

पोखरेलका अनुसार नेपालको राजनीतिक यात्रा राणा शासनविरुद्धको संघर्षदेखि सुरु भई विभिन्न चरण पार गर्दै आएको छ। उनले राजनीतिक संघर्षका प्रमुख पाँच चरण औंल्याएका छन्– एक दशक राणा शासनविरुद्धको आन्दोलन, झण्डै एक दशक राजनीतिक संक्रमणकाल, तीन दशक पञ्चायती व्यवस्थाको विरोध, एक दशक माओवादी सशस्त्र द्वन्द्व, र त्यसपछि शान्ति प्रक्रिया तथा संविधान निर्माणको समय। बाँकी दुई दशक मात्र राजनीतिक दलहरूले नेतृत्वमा काम गर्ने मौका पाए पनि ती समय पनि राजनीतिक अस्थिरताको दुश्चक्रमा फसेको उनको भनाइ छ।

महासचिव पोखरेलले राजनीतिक दलहरूको विगतलाई खारेज गर्ने र राजनीतिमा कुनै भूमिका र योगदान नभएका समूहहरूलाई विकल्पका रूपमा अघि सार्ने प्रयासले नेपालको राजनीतिलाई अस्थिर बनाउने खतरा रहेको बताए।

उनले भने, ‘राजनीतिक दलहरूले आफ्ना असफलतासँगै थुप्रै चुनौतीलाई सामना गर्दै आएका छन्। अन्तर्राष्ट्रिय घेराबन्दी र दबाबले थप कठिनाइ सिर्जना गरेको छ। तर, यी तथ्यलाई नबुझी अन्धाधुन्ध रूपमा विकल्पका नाममा गैरजिम्मेवार समूहहरूलाई अघि सार्नु घातक छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077