Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई रावलको प्रश्न - तपाईं राजावादी कि म राजावादी ?

प्रधानमन्त्री ओलीलाई रावलको प्रश्न - तपाईं राजावादी कि म राजावादी ?

शनिवार , पौष २७, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफू राजावादी नभएको स्पष्ट पारेका छन् ।

शनिवार राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै रावलले सो बारे स्पष्ट पारेका हुन् ।

राजावादीबारे सोधिएको प्रश्नको उत्तर दिँदै रावलले प्रधानमन्त्री केपी ओली आफू राजावादीसँग साँठगाँठ गर्ने तर, ममाथि राजावादीको आरोप लगाउने भन्दै प्रति प्रश्न गरे ।

उनले भने, ‘आफू राजावादीसँग साँठगाँठ गर्ने अनि मलाई कम्युनिस्ट होइन भन्दिएपछि जस्तो कमल थापा जी छन् नि अहिले भर्खर यहाँ केपी ओली देखेँ ल्याएको । उहाँ राजावादी कि म राजावादी ? उहाँ किन आउनुभयो यहाँ ?’

आफू देशभक्त, राष्ट्रवादी शक्तिहरूको एकतामा जोड दिइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077