Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भुटानी शरणार्थी, यति, ओम्नी र गिरिबन्धु प्रकरण छानबिन गरौँ : वर्षमान पुन

भुटानी शरणार्थी, यति, ओम्नी र गिरिबन्धु प्रकरण छानबिन गरौँ : वर्षमान पुन

शनिवार , पौष २७, २०८१

काभ्रे । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने बताएका छन् ।

माओवादी केन्द्र महाभारत गाउँपालिका, काभ्रेको दोस्रो अधिवेशनको शनिबार देबीटारमा उद्घाटन गर्दै पुनले यस्तो बताएका हुन् ।

उनले भुटानी शरणार्थी प्रकरण, यति, ओम्नी, गिरिबन्धु टि-स्टेटजस्ता अनियमितता र राज्य दोहनका घटना छानबिन गर्न संसदीय विशेष समिति गठन हुनुपर्ने बताए ।

लोकतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र कोही पनि प्रश्नभन्दा माथि हुन नसक्ने भन्दै उनले प्रधानमन्त्री केपी ओली आफूमाथि सार्वजनिक रुपमा उठेका प्रश्नबारे छानबिनका लागि तयार हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077