Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कृषि अनुदानसम्बन्धी विवरण आज सार्वजनिक गरिँदै

कृषि अनुदानसम्बन्धी विवरण आज सार्वजनिक गरिँदै

आइतवार , पौष २८, २०८१

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गरिन लागिएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबहाली गरेका दिन मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको कृषि अनुदान विवरण सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शी बनाउन यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077