Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमाले उपमहासचिव ज्ञवालीले भने - संसद् नचलेको बेलामा अध्यादेश ल्याउन पाइन्छ

एमाले उपमहासचिव ज्ञवालीले भने - संसद् नचलेको बेलामा अध्यादेश ल्याउन पाइन्छ

आइतवार , पौष २८, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् नचलेको बेलामा अध्यादेश ल्याउन पाईने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताएका हुन् ।

उनले संसद्को अधिवेशन नचलेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताए । सरकारले ल्याएको अध्यादेशलाई लिएर संसद्को अधिकार कटौति भएको भन्न नमिल्ने जिकिर उपमहासचिव ज्ञवालीको छ ।

नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताए ।

सदनको पहिलो बैठकमै अध्यादेशहरू पेस पाँच वर्षसम्म लाग्ने स्थिति रहेको बेलामा र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसद्को अवज्ञा भन्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077