Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माओवादी उपाध्यक्ष सापकोटाको प्रश्न - के कारणले संसद् नबोलाइएको हो ?

माओवादी उपाध्यक्ष सापकोटाको प्रश्न - के कारणले संसद् नबोलाइएको हो ?

आइतवार , पौष २८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नभएकोप्रति आपत्ति जनाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुखसमेत रहेका सापकोटाले संसद् बोलाउन ढिलो भएकोप्रति प्रश्न गरेका हुन्।

उनले आफू सभामुख हुँदा र अरू बेला पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको स्मरण गरे ।

सापकोटाले भने,‘के कारणले संसद् नबोलाइएको हो ? वास्तवमा यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुल्दुली छ । त्यो कारण पत्ता लागेको छैन ।’

संसद् अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको उनको भनाइ छ।

उनले संसद् कुनै पनि देशको महत्त्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै विषयको सन्देश प्रवाह गर्ने बताए ।

संसद्‌बाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसद्लाई बन्द गर्न नहुने सापकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077