Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

८४ को चुनावपछि मात्र कांग्रेसको महाधिवेशन हुन्छ : शशाङ्क कोइराला

८४ को चुनावपछि मात्र कांग्रेसको महाधिवेशन हुन्छ : शशाङ्क कोइराला

आइतवार , पौष २८, २०८१

दाङ। नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले २०८४ को चुनावपछि मात्र कांग्रेसको महाधिवेशन हुने बताएका छन् ।

दाङको घोराहीमा आज आयोजित पार्टीका जिल्ला, क्षेत्र, नगर, पालिका, वडाका अगुवा कार्यकर्ताहरुसंंगको भेटमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले पार्टीको महाधिवेशन सभापति शेरबहादुर देउवाले आफू चुनावी सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेपछि मात्रै हुने भन्दै २०८४ पछि मात्रै कांग्रेसको महाधिवेशन गर्न उपयुक्त हुने बताए ।

समयमै पार्टीको महाधिवेशन गर्नसके अत्यन्तै राम्रो हुने तर महाधिवेशन समयमा नभएर लम्बिएको खण्डमा आम चुनावको मुखमा महाधिवेशन गर्दा चुनावमा तिक्तता पैदा भई पार्टीले चुनावमा क्षति वेहोर्ने बताए ।

त्यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट मुलुकमा ठूला-ठूला विकास निर्माणको काम हुन नसकेको तर्क गरे।

उनले कांंग्रेस सरकारमा सामेल भएपनि सरकारको नेतृत्वकर्ता ओलीले मुलुकमा सुशासन पनि दिन नसकेको आरोप लगाए ।

उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनतामा उत्साह भएपनि ६ महिनाको बीचमा जनतामा निराशा छाउदै गएको बताए ।

अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्वनापूर्ण वातावरण भएको भन्दै उनले कांग्रेसका जिम्मेवार पदाधिकारीले अहिले संसदलाई छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्ने कुरामा साक्षी बस्दै हिँडेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077