Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

ओलीलक्षित माधव नेपालको कटाक्ष - अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए

ओलीलक्षित माधव नेपालको कटाक्ष - अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए

आइतवार , पौष २८, २०८१

वीरगन्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आएको बताएका छन् ।

वीरगन्जमा आयोजित एकीकृत समाजवादी पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै अध्यक्ष नेपालले अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आएको बताए ।

अध्यक्ष नेपालले भने,‘माधव नेपालको अनुहारपनि हेर्न मन लाग्दैन भन्ने व्यक्ति नै सत्ता र कुर्सी चाहिएका बेला भने दौडेर म कहाँ आउनुपर्‍यो। जस्तो बीउ रोप्यो फलपनि त्यस्तै फल्छ। जसले घृणाको बीउ रोप्छ फलमा पनि घृणा नै पाउँछ।’

तर आफूले कोहीप्रति घृणाको भाव नराखेको उनले बताए। नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीको आफ्नो छुट्टै पहिचान स्थापित भइसकेको उनले दाबी गरे ।

दुई ठूला शक्ति राष्ट्र चीन र भारतको बीचमा रहेको नेपाल क्षेत्रफल सानो भएपनि नेपालको आफ्नो छुट्टै इज्जत,प्रतिष्ठा र स्वाभिमान रहेको धारणा उनले राखे।

जनताको विश्वास र समर्थन प्राप्त गरेमात्रै पार्टी बलियो हुने भन्दै उनले जनताको विश्वास र समर्थन पाउनका लागि कार्यकर्ताले मेहनत गर्न आवश्यक भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077