Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सभापति देउवाको ‘फेक विज्ञप्ति’ले कांग्रेस तनावमा, भन्यो - जनतालाई दिग्भ्रमित पार्न खोजियो

सभापति देउवाको ‘फेक विज्ञप्ति’ले कांग्रेस तनावमा, भन्यो - जनतालाई दिग्भ्रमित पार्न खोजियो

आइतवार , पौष २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य सामाजिक सञ्जालमा सार्वजनिक गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्तिमा जारी गर्दै नेपाली राजनीतिलाई तरङ्गित पार्ने र गठबन्धन सरकारबारे अन्यौल सृजना गरी जनतालाई दिग्भ्रमित गर्न षड्यन्त्र गरिएको ठहर गरेका हुन् ।

पौडेलले वक्तव्यमा भनेका छन्, 'यस्ता गैरकानूनी गतिविधिमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउन नेपाली कांग्रेस जोडदार माग गर्दछ।' साथै, यस्ता भ्रमपूर्ण क्रियाकलापबाट प्रभावित नहुन आम नागरिकलाई पनि आग्रह गरिएको छ।

सभापति शेरबहादुर देउवाको नाममा जारी गरिएको भाइरल नक्कली वक्तव्यमा संसद्को बजेट अधिवेशन बोलाउन ढिला गरेको र अध्यादेश मार्फत शासन चलाउन खोजिएको भन्दै सरकारको आलोचना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077