Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

बीआरआई सम्झौताबारे प्रधानमन्त्रीलाई प्रष्ट पार्न लगाउनुपर्छ : विमलेन्द्र निधि

बीआरआई सम्झौताबारे प्रधानमन्त्रीलाई प्रष्ट पार्न लगाउनुपर्छ : विमलेन्द्र निधि

सोमवार , पौष २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले बीआरआई सम्झौताबारे प्रधानमन्त्रीलाई प्रष्ट पार्न लगाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद निधिले सो कुरा राखेका हुन् ।

उनले प्रधानमन्त्रीकेपी शर्मा ओलीलाई संसदीय समितिमा बोलाएर चीन भ्रमणका क्रममा भएको बीआरआई सम्झौताबारे प्रष्ट पार्न लगाउनुपर्ने बताए ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको चीन र अमेरिका भ्रमणबारे जानकारी गराएपछि सांसद निधिले प्रधानमन्त्री ओली आफै आएर संसद् र संसदीय समितिलाई जानकारी दिनुपर्ने माग गरे।

सांसद निधिले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सत्तारुढ कांग्रेस र एमालेले बीआरआई अन्तर्गत ऋण लिने सम्झौता नगर्ने प्रतिबद्धता ओलीबाट भएको तर त्यसअनुसार काम नभएको भन्दै त्यसबारे संसदीय समितिमा प्रष्ट पार्नुपर्ने बताए।

सत्तारुढ दलको बैठकमा ऋण नलिने भनी प्रतिबद्धता जनाउने अनि चीन भ्रमणका क्रममा अन्तिममा आफैं अग्रसर भएर सम्झौता गर्नु सही नभएको निधिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077