Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सार्कबारे परराष्ट्रमन्त्री राणालाई जयशंकरको प्रश्न- तिम्रो देशमा आएर मान्छे मारेको भए के हुन्थ्यो ?

सार्कबारे परराष्ट्रमन्त्री राणालाई जयशंकरको प्रश्न- तिम्रो देशमा आएर मान्छे मारेको भए के हुन्थ्यो ?

सोमवार , पौष २९, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सार्क बैठक आयोजनाबारे भारतीय समकक्षी एस जयशंकरसँग भएका कुराकानीको ब्रिफिङ गरेकी छन् ।

प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षीसँग भएका कुराकानीको ब्रिफिङ गरेकी हुन्।

गत भदौ ३ गते भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री देउवाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्।

समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले भनिन्,‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ । सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ । जयशंकरजीले भन्नुभयो– तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ?’

परराष्ट्रमन्त्री राणाले सार्क बैठक आयोजनाबारे आफूले जयशंकरसँग कुरा उठाएको बताइन्।

जयशंकरको उक्त जवाफपछि आफूले केही भन्न नसकेको उनको भनाइ छ । तथापि नेपालले सार्कलाई चलायन बनाउनका लागि आवश्यक काम गरिरहेको परराष्ट्रमन्त्री राणाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077