Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन

राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन

सोमवार , पौष २९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन्।

राष्ट्रपति पौडेल सोमबार दिउँसो निर्माणाधीन भवन अवलोकन गरेका हुन्। राष्ट्रपति पौडेलसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नरायण दाहाल लगायत पनि निर्माणाधीन संसद् भवन अवलोकन गर्न पुगेका थिए।

राष्ट्रपति पौडेलले निर्माणाधीन भवनबारे प्राविधिकहरूसँग जानकारी समेत लिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते सिंहदरबार परिसरभित्र नयाँ संसद् भवन शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको संसद भवन अझै बनिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077