Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राप्रपा उपाध्यक्ष पाण्डेले हङकङ पुगेर मनाए पृथ्वी जयन्ती

राप्रपा उपाध्यक्ष पाण्डेले हङकङ पुगेर मनाए पृथ्वी जयन्ती

सोमवार , पौष २९, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बिक्रम पाण्डेले हङकङ पुगेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन्।

उपाध्यक्ष पाण्डेले हङकङमा प्रवासी नेपाली एकता समाजले गरेको कार्यक्रममा पुगेर पृथ्वी जयन्ती मनाएका हुन् ।

पाण्डे पार्टीका सह–महामन्त्री बिजय खड्कासहित हङकङ पुगेका थिए ।

प्रवासी नेपाली एकता समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘पृथ्वीनारायण शाहको बारेमा जसरी चिन्ता लिनु भएको छ। त्यसरी नै राप्रपाले अघि सारेको सैद्धान्तिक विषयलाई पनि साथ दिनुहोस् । विदेशीले नागरिकता पाउनुपर्छ भनेर नागरिकता विधेयक बनाइयो तर विदेशिएकाले नेपालमा लगानी गर्छु भन्दा गाह्रो छ।’

देशलाई माया गर्ने नेपाली एक नहुँदासम्म, रैथाने भाषा र जाती एक नहुँदासम्म मुलुक बाँच्न नसक्ने उनले बताए ।

गोरखाबाट आएका राजाले देशको नाम नै गोरखा बनाउन सक्ने अवस्था हुँदाहुँदै सबैलाई समेटेर नेपाल बनाएको स्मरण गर्दै पाण्डेले मूल्यवान संस्कृति जोगाउनका लागि सबै एकजुट हुनुपर्ने बताए ।

पाण्डेको उपस्थितिमा समाजका अध्यक्ष तुलसी उप्रेतीले कृति चिल्ड्रेन सेन्टरलाई नेपाली डेढ लाख बराबरको नगद सहयोग गरेका थिए। अटिज्मसम्बन्धी बालबालिकाको उपचारका लागि उनले यस्तो सहयोग गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077