Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

अध्यादेश ल्याएर सरकार तानाशाही हुन खोजेको शेखर कोइरालाको आरोप

अध्यादेश ल्याएर सरकार तानाशाही हुन खोजेको शेखर कोइरालाको आरोप

सोमवार , पौष २९, २०८१

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अध्यादेश ल्याएकामा सरकारको विरोध गरेका छन् ।

हाल बेलायत भ्रमणमा रहेका कोइरालाले आइतबार नेपाली जनसम्पर्क समिति बेलायतले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनुको सट्टा एकपछि अर्को अध्यादेश ल्याएकामा सरकारको विरोध गरेका हुन् ।

यस्ता क्रियाकलापले नेपाली कांग्रेस र एमालेको दुई तिहाई बहुमतको सरकार कतै तानाशाही त हुन लागेको होइन भन्ने चिन्ता आफूलाई लागेको उनले बताए ।

यो सरकारलाई असफल हुने छुट नभएको भन्दै कोइरालाले प्रजातान्त्रिक मुल्य मान्यता अनुसार आगाडि बढ्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077