Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भूमि सम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ किन रोकियो ?

भूमि सम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ किन रोकियो ?

सोमवार , पौष २९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश रोकेका छन् ।

सरकारले सिफारिस गरेका चारवटा अध्यादेश राष्ट्रपति पौडेलले जारी गरे पनि भूमि सम्बन्धी अध्यादेश अध्ययनका लागि भन्दै रोकेका हुन् ।

मन्त्रिपरिषद् बैठकले शुक्रबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर सरकारले भूमि सम्बन्धी अध्यादेशमा भएका प्रावधानलाई लिएर छलफल गर्नुपर्ने भन्दै राष्ट्रपतिले तत्कालका लागि रोकेको बताइएको छ ।

राष्ट्रपति पौडेलले सोमबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, २०८१, निजीकरण पहिलो संशोधन अध्यादेश २०८१ र लगानी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077