Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - सरकार उल्टो दिशामा छ, सदन फेस गर्ने साहस छैन

माओवादी अध्यक्ष प्रचण्डले भने - सरकार उल्टो दिशामा छ, सदन फेस गर्ने साहस छैन

मंगलवार , माघ १, २०८१

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार उल्टो दिशामा हिडेको आरोप लगाएका छन् ।

प्रेस सेन्टर सिन्धुपाल्चोकले सुकुटेमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

सदन सामना गर्ने नैतिक साहस नभएका कारण केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएको उनले बताए।

यसले वर्तमान सरकार सबभन्दा कमजोर, निरीह र गैरजिम्मेवार भएको प्रमाणित भएको जिकिर प्रचण्डले गरे।

अध्यक्ष प्रचण्डले भने,‘सरकार उल्टो दिशामा छ। संवैधानिक परिषद्‌मा बहुमतको प्रयास, सदन बोलाउन सरकारले ढिला गरेर अध्यादेशबाट शासन गर्ने काम गरेको छ । अध्यादेश किन भने ऊसँग सदन फेस गर्ने नैतिक साहस छैन। यसले सरकार कमजोर सबभन्दा कमजोर, निरीह र गैरजिम्मेवार सरकार हो भन्ने पुष्टि हुन्छ। सदन चाँडो बोलाइयोस्।’

उनले सरकारको गन्तव्य राम्रो उद्देश्यले नबनेको भन्ने जनताले बुझिसकेको बताए । उनले आफ्नो पार्टी अहिले सरकार गिराउने खेलमा नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077