Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

यो सरकारप्रति कांग्रेसभित्रै चरम असन्तुष्टि देखिन्छ : प्रचण्ड

यो सरकारप्रति कांग्रेसभित्रै चरम असन्तुष्टि देखिन्छ : प्रचण्ड

मंगलवार , माघ १, २०८१

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार अपारदर्शी भएको बताएका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

कांग्रेसभित्रै सरकारलाई लिएर तीव्र असन्तुष्टि रहेकोसमेत उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भने, 'यस सरकारप्रति जनता खुसी छैनन्, सरकारलाई लिएर कांग्रेसभित्र पनि गहिरो र चरम असन्तुष्टि देखिन्छ।'

संवैधानिक व्यवस्था,विद्युत् प्राधिकरणमा हस्तक्षेप गर्दै सरकारले सदन छलेर अध्यादेशबाट शासन गरिरहेको उनले उल्लेख गरे ।

उनले सरकारलाई सदन खुलाउन माग गरेको र सदनका लागि कुरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077