Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विपिनको रिहाइबारे परराष्ट्रमन्त्री आरजुले गरिन् इजरायली विदेशमन्त्रीसँग फोनवार्ता

विपिनको रिहाइबारे परराष्ट्रमन्त्री आरजुले गरिन् इजरायली विदेशमन्त्रीसँग फोनवार्ता

मंगलवार , माघ १, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र इजरायलका विदेशमन्त्री गिडियन सारबीच फोनवार्ता भएको छ ।

हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाले आज (मंगलबार) साँझ इजरायलका विदेशमन्त्री सारसँग फोनवार्ता गरेकी हुन् ।

हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री राणाले विपीनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गरेकी छन् ।

फोनवार्तामा मन्त्री राणाले इजरायल सरकारले विपीनसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपीनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न विशेष आग्रह गरेकी थिइन् ।

त्यस अवसरमा मन्त्री सारले विपीनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री राणालाई गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077