Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

ओलीको आलोचना गर्दा पूर्वसांसद कार्की पनि एमालेबाट निलम्बित

ओलीको आलोचना गर्दा पूर्वसांसद कार्की पनि एमालेबाट निलम्बित

बुधवार , माघ २, २०८१

विराटनगर । कोशी प्रदेश सभाका पूर्वसांसद एवं एमाले नेता विमल कार्कीलाई पनि पार्टीले निलम्बन गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा उदयपुरका नेता कार्कीलाई कोशी प्रदेश कमिटीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको हो ।

पुस २७ र २८ मा विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि पार्टीका जिम्मेवारीबाट मुक्त गरेको थियो ।

निलम्बनमा परेका कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्दै आएका थिए।

कार्कीलाई मंसिर १६ मा एमाले कोसीका अध्यक्ष खतिवडाले नै स्पष्टीकरण सोधेका थिए। पत्रमा तीन दिनभित्र जवाफ दिन भनिएको थियो । भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने पार्टी केन्द्रको विपक्षमा उभिएका कार्की पनि निलम्बनको कारवाहीमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077