Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

बुधवार , माघ २, २०८१

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा ‘भन्सार सम्बन्धी कानून संशोधन र एकीकरण विधेयक, २०८०’ माथि छलफल हुनेछ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सुदूरपश्चिम, मधेस र लुम्बिनी प्रदेशका प्रहरी हिरासतको अनुगमन र संघीय संसदका ऐन कानूनको कार्यान्वयन चुनौतीका विषयमा गठित उपसमितिहरूको प्रतिवेदन पेश हुनेछ ।

यसमा कैलाली, धनुषा र दाङमा भएका अन्तरक्रिया कार्यक्रमहरूको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।

साढे ११बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन प्रतिवेदन, २०८०’ सार्वजनिक र छलफल हुनेछ।

अन्तमा, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ को दफावार छलफल गरिने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077